ताजा अपडेट »

मिटर ब्याजमा ठगी गरेको भन्दै भैरहवाका रमानन्द बानियाँको घर नेकपाले गर्यो कब्जा

शनिबार, ०९ असार २०८०

बुटवल । मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक व्या व्याक्तिको घर कव्जा गरेको छ । रुपन्देहीका डेढ सय किसानलाई ठगी गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो ।

नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे । उनले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको गुनासो गरेपछि पार्टीले बानियाँको घर कव्जा गरेको बताए । बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको उनको भनाइ छ ।

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए । उनका अनुसार २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएका थिए ।