दुनियाँभर एकाएक रसियामा सैनिक “कू” भएको सनसनिपूर्ण समाचारहरु आईरहेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरु तथा सोसल मिडिया यो समाचारले रंगिएको छ । त्यहाँको निजी वा भाडाको आर्मी जससँग करिब तीस हजार लडाकु रहेको बिश्वास गरिन्छ, उसले रुसी सेनाको एउटा जिल्ला हेडक्वार्टर कब्जामा लिएको दाबि गरेको छ ।
रुसमा भाडाको सेनाको समूह वागनरले राष्ट्रपति भ्लादमिर पुटिनको सत्ता उखलेर फाल्ने घोषणा गरेको छ । यसका प्रमुख एवगिनी प्रिगोझिनले एक भिडियो सन्देश जारि गरी आफ्ना लड़ाकुहरु तिब्ररुपमा मस्कोतर्फ बढिरहेको बताएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार दक्षिणी जिल्ला रोस्ताबमा भिषण भिडन्त भईरहेको र बिद्रोही सेनाले सरकारी सेनाको एउटा हेलिकप्टर खसालिदिएको समाचार प्रशारण गरिरहेका छन ।
भाडाको हत्यारो सेना वागनरको स्थापनामा रुशी राष्ट्रपति भ्लादमिर पुटिनको हात रहेको मानिन्छ । रुसी सरकारी सेनाले समेत हातहतियार तथा तालिम दिएर सहयोग गरेको विश्वास गरिन्छ । तर, उक्रेनमा लडिरहेको वागनर समूह किन रुस बिरुद्ध हतियार उठाउन पुग्यो, सर्बाधिक चर्चाको विषय बनेको छ ।
वागनरका प्रमुख प्रिगोझिनका अनुसार आफ्नो सेनाको ट्रेनिंग क्याम्पमा रुसी सेनाले मिसाईल आक्रमण गरेको, समयमा हतियार सप्लाई नगरेको कारण आफ्ना लडाकुहरुको मृत्यु भएको र जसको जिम्मेवार रशियन सेना भएको आरोप लगाएका छन् ।
अहिले रुसको खुफिया एजेन्सी एफएसबिले प्रिगोझिनका बिरुद्ध अपराधिक मामलामा छानबिन शुरु गरेको छ। कतिपयले सुत्रको हवाला दिदै प्रिगोझिनलाई रुसी सेनाले पक्राउ गरिसकेको दाबि समेत गरेका छन् ।
केहि समय पहिला वागनर सेना प्रमुख प्रिगोझिनले अन्तर्राष्ट्रिय संचार माध्यम अलजजिरासंग कुरा गर्दै आफूहरुले सैनिक “कू” को प्रयत्न गरेको नभई न्यायको लागि सैनिक मार्च निकालेको बताएबाट रुसमा सैनिक कु को हल्ला बास्तबिक नभएपनि उक्रेनमा कठोर प्रतिरोधको सामना गरिरहेको रुसी सेना भित्र गडबड रहेको चाहि प्रष्ट देखिन्छ ।
लामो समयदेखि वागनर सेनालाई सरकारी सेनामा समाहित गर्ने पक्षमा रहेको रुसी सेना र बिद्रोही सेनाका प्रमुखको कारण सो अभियान पुरा हुन् नपाएको सरकारी सेनाको बुझाईका बिच प्रिगोझिनलाई बर्खास्त गर्नका लागी वा सधैका लागी सफाया गर्ने रुसी सेनाले प्रायोजित “कू” को स्क्रिप्ट तयार गरेको त होइन ? भन्ने आशंका गर्ने आधारहरु नभएकोपनि होइन ।
प्रतिक्रिया