ताजा अपडेट »

जसपा नेपालको केन्द्रिय समिति बैठक बस्दै, मस्यौदा विधान अनुमोदन गर्ने

शनिबार, ०९ असार २०८०

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ । भोलीदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलीदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिवाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेसनमा प्रस्तुत हुनेछ । 

भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।