बुटवल । ‘हाम्रो पहिचान हाम्रो गौरव’ भन्ने मूल नारासहित बुटवलमा शुक्रबार गौरव यात्रा सम्पन्न भएको छ । विभिन्न सामाजिक संघ संस्था तथा प्रतिनिधिहरुको सहभागितामा बुटवलको ट्राफिकचोकदेखि राजमार्ग चौराहसम्म पञ्चे बाजासहित गौरव यात्रा भएको हो ।
शाहसी कदम नेपालको आयोजनामा भएको गौरव यात्रापछि ‘हामी सधै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दा उठाउने छौं यो हाम्रो प्रतिवद्धता हो ।’ भन्ने नारासहितको ब्यानरमा हस्ताक्षर गरिएको थियो । मन्थ अफ भिक्टोरी, एलोन वट स्ट्रोङ्ग लेखिएको मुख्य ब्यानरसहित र्यालीको आयोजना गरिएको थियो । तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको हक अधिकारका लागि काम गर्दै आएको शाहसी कदमले र्यालीमा सहभागी भई विभेद विरुद्धको अभियानमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको थियो ।
‘हाम्रो संस्कृति हाम्रा पहिचान प्रथम गौरव यात्रामा विभिन्न अधिकार कर्मीहरुको सहभागिताले थप हौसला प्राप्त भएको छ’–ओजक संस्थाका अध्यक्ष आनिक रानाले भनिन्, यो दिनलाई हामीले पर्वको रुपमा मनाउँदै आएका छौ भने आजै गरिएको सामुहिक प्रतिवद्धताले थप उत्साहित बनाएको छ ।
प्रतिक्रिया