ताजा अपडेट »

कालिगण्डकी कोरिडोर सडक खुलेसँगै धार्मिक पर्यटनको आवतजावत बढ्यो

विहीबार, ०७ असार २०८०

गुल्मी ।कालिगण्डकी कोरिडोर सडक खुले संगै भारत नेपाल र चिनको धार्मिक पर्यटन आवत जावत बढ्नुका साथै तिन देश बिचको ब्यापारिक चहल पहल समेत बढन थालेको छ ।

पुर्वी नवलपरासीको गैडाकोट , पाल्पा , रिडी , रुद्रवेणी देखि बाग्लङ्ग , म्याग्दी , मुस्ताङ्गको जोमसोम , कागवेनी , मुक्तीनाथ र चिन नेपाल सिमाना कोरला सम्मको सडक निर्माण कार्य करिव अन्तिम चरणमा पुगे संगै तिन देश बिच धार्मिक पर्यटक बढनुका साथै ब्यापारिक चहल पहल बढेको हो ।

कुनै समय गुल्मी सहित मध्ये पश्चिम नेपालका पिता पुर्खाहरुको हप्तौ लगाएर डोकोमा नुन बोग्ने भोट भनिने थलोमा अहिले अधिकांस ग्रावेलिङ्ग र पिच सडकमा अहिले गुल्मीबाट १२ देखि १५ घण्टा गाडीमा पुग्न सकिन्छ । रिडीबाट रुद्रवेणी, निलरह मिर्मिड्यामको दृश्अवलोकन गर्दै बिश्वकै सबै भन्दा बिशाल सालिग्राम अवस्थित सेतीवेनीको दर्शन पछि बाग्लुङ्गको मालढुङ्गा पुगेर बाग्लुङ्ग कालिका दर्शन पछि १५ किलोमिटर म्याग्दीको वेनी सदरमुकाम पुगिन्छ ।

त्यहाँबाट सुरु भएको यात्रा तातोपानी कुण्डमा पुगे पछि कुनै विकसित मुलुकमा पुगे जस्ता होटल र प्राकृति छटाहरु संग रमाउन सकिन्छ । कालिगण्डकी कोरिडोर सडक खुले संगै अहिले त्यहाँको हिमाले दाल, स्वायबाट उत्पदित मार्फ नामक मदिरा ,अनेकन तरकारी लगायतको उत्पादन उता चिन र यता भारतिय बजार सम्म पुग्न थालेको स्थानीयवासीले बताए ।

एक जना पुरुष र महिला संग पसलमा गरिएको कुराकानी समुन्द्री सतहदेखि ३७१० किलोमिटर उचाईमा अवस्थित मुक्तानाथ धाममा दर्शन गर्न जाने नेपालीहरुको संख्या न्युन देखिन्छ भने भारतिय तिर्थालुहरुले भरिएको हुन्छ । २८ डिग्री ४९ मिनेट उत्तरी अक्षांस र ८३ डिग्री ५२ मिनेट पुर्व देशान्तरमा अवस्थित मुक्तीनाथ मन्दिर प्यागोडा शैलीमा निर्मित छ । मन्दिर पछाडीका हिमालबाट बगेकी कालिगण्डकी र १०८ धारा प्रमुख आकर्षक अझ भनौ स्वर्गभुमी मानिन्छ । तिर्न कालिगण्डकी कुण्ड र १०८ धारामा स्नान गरिन्छ ।

जहाँ स्नान गरेपछि मुक्ती मिल्ने धार्मिक बिश्वास छ । त्यस पछि मुक्तीनाथको दर्शनका लागि तिर्थालुहरुको लाईन लाग्छ । काभ्रे जिल्ला बताउँदै परिचय दिई कुराकानी गरेको भारतिय तिर्थालु भन्छन मुक्तीनाथ सबै धर्मलम्वीहरुको आराध्धे धाम हुन ।

दुई जना भारतिय संग गरिएको कुराकानी कालिगण्डकी कोरिडोर सडकका अभियान्तहरु मध्येका एक गुल्मी खडककोटका समाज सेवी टिकाराम ढकालका अनुसार गुल्मी तर्फको कोरिडोर २०५४ साल असार १६ गते तत्कादिन जिविस सदस्य भागिरथ प्रधानले हर्मिचौरमा शिलन्यास गरेर खन्न सुरु गरिएको थियो ।

२०६४ सालको संविधान सभा निर्वाचनमा निर्वाचित भए पछि तत्कालिन गुल्मी क्षेत्र नम्वर सभासद सुदर्शन वरालले नेपाली सेनालाई निर्माणको जिम्मा लगाउने पहल गरेपछि सडक निर्माणको कामले तिब्रता पाएको थियो । उक्त सडक निर्माणमा बरालका अलवा पुर्वमन्त्री प्रदिपकुमार ज्ञवाली , पुर्व मुख्य सचिव लिलामणि पौडेल , तत्कालिन योजना आयोगका दिपेन्द्रबहादुर क्षेत्री , गुल्मी घर भएका तत्कालिन नेपाल सरकारका सचिव युवराज भुसाल , नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी रेश्मीराज भट्टराई , वर्तमान सांसद चन्द्र भण्डारी , गोकर्ण बिष्ट सहित धेरै जनाको योगदान रहेको छ ।