ताजा अपडेट »

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै, विद्यमान मस्यौदामाथि छलफल हुने

विहीबार, ०७ असार २०८०

काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । आगामी असार ९ गतेवाट सुरु हुन गईरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएकाे विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ । आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका बिषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत बुझिएको छ ।