बुटवल । विश्व संगीत दिवसको अवसरमा बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडलको गायन विधातर्फ कुशल आचार्य र नृत्य विधातर्फ आरोही काउचा च्याम्पीयन भएका छन् ।
बुधवार बुटवलमा सम्पन्न फाईनल प्रतिस्पर्धामा गायन विधा तर्फ ११ जना र नृत्यमा १९ जना प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै कुशल र आरोही विजेता बनेका हुन् । प्रतियोगितामा गायन विधामा फष्ट रनरअप आभास काफ्ले, सेकेण्ड रनअप सुरज खाती भए । यस्तै नृत्य विधामा फष्ट रनरअप रमेश मगर र सेकेन्ड रनरअप विश्वास थापा भए ।
एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ र बागेश्वरी संगीतालयका अध्यक्ष तथा सञ्चालक लालिमा श्रेष्ठले विजेता, उपविजेतालाई पुरस्कार प्रदान गरेका छन् ।कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले देशकै नाम चिनाउने कलाकार जन्माउन नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संञ्चालक लालीमा श्रेष्ठले कोभिड संक्रमणसंगै कठिनाई भोगेको संस्था बिस्तारै लयमा गएको बताईन् । बागेश्वरी आईडलको गायन विधामा ५९ जनाबाट ११ जना अन्तीम चरणमा प्रवेश गरेका थिए । नृत्य विधामा ३४ जना सहभागीबाट २० जना अन्तिम छनौट चरणमा पुगेका थिए । आईडलको गायन विधातर्फ किशोर बिक र प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने नृत्य विधातर्फ कृष्ण मिश्र र हिमाल थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया