बुटवल । वैदेशिक रोजगारीमा मलेसिया जान चाहनेहरुका लागि पौरखी नेपाल परियोजनाले ‘उज्वल सपना’ (गोल्डेन ड्रिम) नामक एप सञ्चालनमा ल्याएको छ । यो एपको माध्यमबाट कामदारले एजेन्ट बिनानै आफूले चाहेको कम्पनी रोजेर आवेदन दिन पाउने छन् भने नेपाल सरकारले लागू गरेको नियमानुसार कुनै शुल्क समेत नलाग्ने गरी रोजगार दाता कम्पनीहरुले कामदार माग गर्ने गर्दछन् ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, श्रम शोषण तथा उनीहरुको सुरक्षाका बारेमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको पौरखी नेपाल परियोजनाले नेपाल सरकार तथा रोजगार दाता कम्पनीहरुसँग समन्वय गरी एपको सिर्जना गरेको हो । यो एपले रोजगार दाताको खोजी तथा कामदारको खोजी गर्नेहरु बीच पुलको काम गर्ने विश्वास गरिएको छ । उज्जल सपना (गोल्डेन ड्रिम्स) एप्प तयार गरेर रोजगारमा जाने श्रमिकहरुलाइ सचेत गराउने काम अघि बढाएको परियोजना अफिसर मनिष केसीले बताए । यसमा सुरक्षित रोजगार पाउने राष्ट्रको पहिचान, आफू श्रम गर्न जाने देशको श्रम ऐनबारे ज्ञान, धर्म र संस्कृतिबारे ज्ञान, लेभल ल, कामदारको अधिकार, पासपोर्ट महत्त्व, मेन पावरहरुको पहिचानका बारेमा जानकारी दिईएको छ ।
यो एप मार्फत रोजगारमा जान चाहने व्यक्ति आफ्नो व्यक्तिगत विवरण तथा योग्यताको विवरणसहित चाहेको रोजगार दाता कम्पनीमा सिधै आवेदन दिन पाउने छन् भने रोजगार दाता कम्पनीहरुले आह्वान गरे अनुसार आवेदन दर्ता गराउन पनि पाउने सुविधा रहेको छ । यो एपलाई थप विस्तार र परिस्कृत गर्दै अन्य रोजगारदाता मुलुकहरुलाई समेत समेट्नेगरी सिर्जना गर्ने तयारी रहेको बतायएको छ ।
सरकारले बैदेशिक रोजगारको लागि श्रम स्वीकृति नदिएका ६४ राष्ट्रमा नेपालीहरु पुगेको पौरखी नेपाल परियोजनाकी टिम लिडर मन्जु गुरुङले बताइन् । । साथीभाईको लहलहै र धेरै पैसा कमाउने सपना बोकेका तर आफू जाने राष्ट्रका बारेमा राम्रो ज्ञान बिना श्रममा जाने ठूलो जमात रहेको उनले बताइन् । आम नागरिकमा सुचनाको पहुच नहुँदा अझै धेरै युवाहरु ठगिनुपर्नेअवस्था रहेको दुःखेसो गरिन । ‘हाल १ सय ११ राष्ट्रहरुमा नेपाल सरकारले श्रम स्वीकृति खुल्ला गरेको छ तर नेपालीहरु १ सय ७५ बढी राष्ट्रमा श्रमका लागि गएको तथ्याक छ ।’— उनले भनिन । वैदेशिक श्रमलाई सुरक्षित, सहज र लाभदायक बनाउनेतर्फ सरोकारवालाहरुले जोड दिनुपर्ने उनको तर्क छ ।
बाध्यताकै कारण वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुलाई सहजिकरण आवश्यक रहेको उनले बताईन । ईसारा ईन्टिच्युटको सहयोग र पौरखी नेपालको आयोजनामा सरोकारवालासंग मंगलबार बुटवलमा प्रवासी कामदारहरुको लागि न्यायोचित भर्ना अभ्यासबारे उज्वल सपना अन्तरक्रिया कार्यक्रममा उनले एकैपटक वैदेशिक रोजगारमा युवाहरुलाई रोक्नेभन्दा पनि ब्यवस्थित गर्न जरुरी रहेको बताईन । यहि समस्यालाई मध्यनजर गरि उज्वल सपना कार्यक्रम चलाएको उनले बताईन ।
‘दैनिक १७ सय युवाहरु विदेश पलाएन भैरहेको अवस्था छ । यसबाहेक लुकिछिपि जानेको कुनै तथ्याक छैन ।’ उनले भनिन्, यस्तोमा सुरक्षित रुपमा जान पाउने अधिकारलाई सुनिश्चित गर्ने लक्ष्य रहेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरुले पैसा तिर्न नपर्ने शून्य नीति अवलम्बन गर्ने राष्ट्रमा जाने श्रमिकहरुलाई सहजिकरण गरेको छ । गृह श्रमिकहरु खुलाउनुपर्ने सुझाव समेत आएको छ । खाडी मुलुकबाट श्रममा जाने देशहरु बसेर कोलोम्बो प्रक्रिया तयार गरेको छ । जसमा १० वटा बुदाहरुमा कार्यान्वय गराउनुपर्नेमा जोड दिएको छ। जसमा आईएलओको ८ वटा बुँदाहरुलाई समेटिएको छ । यसमा हटलाईनमार्फत सुचना दिनेसम्मको ब्यवस्था रहेको छ । वैदेशिक रोजगारको विषय धेरै क्षेत्र र संघसंस्थाहरुको भूमिका जोडिएकोहुँदा बहुपक्षिय हस्तक्षेप जरुरी रहेको उनले बताईन ।
संस्थाबाट कोभिड संक्रमणको समयमा ७ सय बढि वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई परिवारसंग पुनः एकीकरण गराउने, वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति, सहजिकरण, स्वस्थ्य परिक्षण लगायत सहजिकरण गरेको बताए । कार्यक्रममा पौरखी नेपालका अध्यक्ष सत्रकुमारी गुरुङले बैदेशिक रोजगारलाई जिरो कस्ट प्रभावकारी बनाउने गरि सरोकारवालाहरु एक भएर काम गर्न जरुरी रहेको बताईन । पौरखी नेपालले सुरक्षित वैदेशिक रोजगार, हामी सबैको साझा सरोकार नारासहित समुदायस्तरमा काम गर्दै आएको उनले बताईन । हाल नेपालमा करीब दर्ता÷नबिकरण भएका ८ सय ७५ बढि मेन पावर कम्पनीहरु रहेका छन । त्यसमध्ये थोरैमात्र उज्वल सपनामा जोडिएका छन । मलेसियाको रोजगारदाता कम्पनीहरु यसमा सुचिकृत भएका छन जो शून्य श्रममा कामदार लैजान तयार छन ।
प्रतिक्रिया