ताजा अपडेट »

बझाङ दुर्घटना: सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु

मंगलबार, ०५ असार २०८०

काठमाडौं । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी अमृता र उनकी भाउजु जयादेवीको मृत्यु भएको छ। 

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। घटनामा घाइतेमध्ये सिंहकाे श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

घाइते सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । सिंह र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था गम्भीर छ । चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको बताइएको छ ।