माघ ५,
ग्लोबल आवाज
बुटवल । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना निर्दोष ठहरिएका छन् ।
जिल्ला अदालतको चितवनको न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले सफाइ पाएका हुन् ।
गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।
प्रतिक्रिया