ताजा अपडेट »

लुम्बिनीमा पर्यटनमन्त्रीको योग (फोटोफिचर)

मंगलबार, ०५ असार २०८०

भैरहवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले योगसुत्र निर्माण गर्नमा गौतमबुद्धले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मंगलबार आयोजित योग कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भारतबाट योगको सुरुवात भए पनि नेपालमा पनि योगको महत्वपूर्णको योगदान रहेको बताए । “कौटिल्य शास्त्रै कुरा गर्ने हो भने पनि नेपालको उन, छाला जडिबुटि जस्ता बस्तुहरु भारत निर्यात हुदै आएको थियो ।” किराँतीले भने “यस्तै पछिल्लो समयमा प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई पुर्नस्थापित गरेको छ ।”

किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको जिकिर गरे । उनले नेपाल र भारत बिच परस्पर कुरा भईरहेको बताउदै नेपालको लागि हवाई रुटको बिषयमा प्रधानमन्त्रीबाट पनि कुराकानी भईरहेको जानकारी दिए । भारतीय दूतावास सहित भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, लुम्बिनी बिकास कोष, पतञ्जली योगपिठ नेपालको संयुक्त आयोजनामा आयोजित योग कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लुम्बिनीमा हरेक बर्ष योग कार्यक्रमको आयोजना गर्ने बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताए । नेपाल र भारत बिचको सम्बन्धलाई कसरी अझै प्रगाढ बनाउन सकिन्छ भन्ने बिषयमा कुराकानी हुने गर्दछ ।” उनले भने “एयररुटको बिषयमा पनि सकारात्मक कुराकानी भईरहेको छ ।”

यस्तै लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनीका आयोजित योग कार्यक्रमले विश्व जगतलाई नै महत्वपूर्ण सन्देश पुगेको बताए । उनले प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेको बताए । “निरोगी बन्न योेग गरौ भन्ने नारा सहित हामीले पनि योगलाई प्राथमिकतामा राखेका छौं, प्रदेशले यसलाई अगाडी बढाएको छ ।” चौधरीले भने “औषधीमा खर्च गर्नुभन्दा पनि योगको माध्यमबाट निरोगी बन्न हामीले प्रोत्साहन गर्नेछौं ।”