ताजा अपडेट »

नवलपरासीको महेशपुर भन्सारले पनि १०० रुपैयाँको सामानको भन्सार लिने

मंगलबार, ०५ असार २०८०

परासी । पश्चिम् नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयले आज देखि भारतीय बजार बाट भित्रने सय रुपियाँको सामानमा भन्सार उठाउन सुरु गरेको छ । भारतीय बजारबाट नेपाल भित्रिने सामानमा भन्सार कडाइ गरिने भएको छ । भन्सार कार्यालयले सूचना निकालेरै १०० रुपैयाँको सामानमा पनि भन्सार उठाउन लागिएको जनाएको छ।

बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएपछि र लक्ष्यको न्यून प्रतिशत मात्रै राजस्व उठेपछि यो अभियान चालिएको भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताए।सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुसाहित गर्न भारतीय सीमा ठुठिबारी नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लिन थालिएको भन्सार कार्यालयले जनाएको छ ।

घरायसी प्रयोजनका लागि खाधान्न लत्ता कपडा लगायतका सामान किन्न भन्दै दैनिक हजारौँ नेपाली सीमावर्ती बजार ठुठिबारी पुग्ने गरेका छन् । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्वमा कमी र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकामा कडाइ सुरु गरिएको हो । उद्योग वाणिज्य संघका केन्द्रिय सल्लाहकार गुणनिधी तिवारीले सिमावर्ती बजारमा सामानको गुणस्तर भन्दा पनि सस्तोमा सामान पाईने छाप नेपाली ग्राहकमा परेको छ यसरी सस्तोको बहानामा सबै दैनिक उपभोग्य सामान सिमावर्ती बजार बाटै आउँदा नेपाली ब्य्वसाय सुक्दै गएको बताए ।

यता उपभोक्ताहरूले भने सामान्य उपभोक्ता लाई १०० रुपैयाँको सामानमा पनि भन्सार लगाइरहँदा सबै व्यवसायीलाई दायरामा ल्याउन सक्नु पर्ने बताउँछन् ।३३ लाख लक्ष्य लिएको भन्सार कार्यालयले यस आ।ब।मा हालसम्म जम्मा करिब १० करोडको हाराहारीमा मात्र राजस्व सङ्कलन गरेको छ । यस अघि नै सुनौलिमा पनि १०० रुपैयाँ भन्दा बढीको समानमा भन्सार लिन सुरु गरिसकेको छ ।