माघ ५,
काठमाडौं । गायिका आस्था राउतलाई कारबाहीको जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको हो ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा प्रशासनले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी थिईन् । उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको थियो । श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
अदालतले अनुमति दिएसँगै राउतलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखिएको छ ।
प्रतिक्रिया