ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

सोमबार, ०४ असार २०८०

पाल्पा । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।