ताजा अपडेट »

उपप्रमुखकाे साहयता सामग्रीले अपांगता भएकाहरू खुसी

सोमबार, ०४ असार २०८०

बुटवल । जन्मजात अपांगता भएकी मालती भूर्तेल हाल ५३ वर्षकी भइन् । बुटवल उपमहानगरपालिका १० कि बासिन्दा उनी बाेल्न सक्दिनन् । दिसापिसाबका लागि कहिलेकाहीँ शाैचालय घिस्रेर जान्छिन् उनी ।

कहिलेकाहीँ ओछ्यानमै छाेड्ने गर्छिन् । भाइ यमनारायण भूर्तेल भन्छन् " दिदी बाेल्न सक्नुहुन्न । दिसापिसाब कहिलेकाहीँ आफै घिस्रेर जानूहुन्छ , कहिले भने ओछ्यानमै छाेड्नु हुन्छ ।" पूर्ण अशक्त अपांगता भएकी उनलाई हालै बुटवल उपमहानगरपालिकाले उपप्रमुखकाे संयाेजकत्वमा अपांगता भएका व्यक्तिका लागि सहायक सामग्री वितरण गरेपछि भने धेरै सहज भएकाे मालतीका भाइ यमनारायणले बताए । " उपप्रमुख आफै अपांगता भएका व्यक्तिकाे खाेजी गर्दै आएर अावश्यक सामग्री दिनुभयाे । याे धेरै प्रशंसनीय काम हाे ।

अपांगता भएकाहरूलाई याे साह्रै खुसीकाे कुरा हाे । " मालतीका भाइ यमनारायणकाे भनाइ छ । मालतीकाे शारीरिक अवस्था हेरेर डिटाेल , अाैषधि , ग्लुकाेज , सेनेटरी प्याडजस्ता सहायक सामग्री उपप्रमुखकाे संयाेजकत्वमा खटिएकाे टाेलीले प्रदान गरेकाे हाे । त्यस्तै बुटवल १० मै बसाेबास गर्ने सिजन पाेखरेल अटिजमबाट प्रभावित छन् । १० वर्षिय कलिलै उमेरका उनलाई पनि उनकाे आवश्यकताकाे पहिचान गर्दै खेलाैना , साबुनजस्ता सामग्री प्रदान गरेकाे सिजनका बुवा ऋषिराम पाेखरेलले बताए । यिनी त उदाहरण मात्रै हुन् । अपांगता भएका नगरका ६ वटा वडाका ५३ जनाले केही दिन अघि मात्रै उनीहरूकाे अवस्था र आवश्यकताअनुसारका सहायक सामग्री उपप्रमुखकाे हातबाट पाएका छन् ।

उपप्रमुखकाे संयाेजकत्वमा अपांगता समन्वय समितिकाे सहभागितामा बुटवल उपमहानगरपालिका ६ वटा वडामा अपांगता भएका व्यक्तिकाे पहिचान र सामग्री वितरण गरिएकाे छ । साे कार्यक्रममा सम्बन्धित वडाले समन्वयकारी भूमिका खेलेकाे छ । उपमहानगरपालिका वाड नम्बर १० मा ८ जना अपांता भएका व्यक्ति रहेकाे टाेलीमा सहभागी वाड नम्बर १० कि वडा सदस्य यमुना काउचाले बताइन् । अपांगता भएका व्यक्तिका लागि उनीहरूकाे शारीरिक र मानसिक अवस्था हेरेर नगरले उनीहरूलाई अावश्यक सामग्री प्रदान गरेकाे हाे ।

बुटवलकाे वडा नम्बर १० , १४ , १६ , १७ , १८ र १९ नम्बर वडामा अनुगमनका लागि टाेली पुगेकाे हाे । अपांगता भएका व्यक्तिहरूका लागि उनीहरूकाे अवस्था हेरेर डाइपर , सेनेटरी प्याड , ह्वील चियर , वैशाखी , सेताे छडी , विभित्र औषधि , खेलाैना , सरसफाइकाे लागि सावुनलगायतका सामग्री वितरण गरेकाे हाे । कार्यक्रममा पहिलाे दिनमा ८ जना , दाेस्राे दिन १८ जना त्यसैगरी तेस्राे दिन १८ र चाैथाे दिन १० जना गरि जम्मा ५३ जनालाई विभिन्न सामग्री वितरण गरिएकाे समितिले जनाएकाे छ । नगर पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले उपमहानगरपालिकामा १ हजार ३ सय ६५ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरू रहेकाे बताइन् ।

नगरका ८ सय ३६ जनालाई विभिन्न प्रकृतिको अपाङ्गता परिचय पत्र पनि वितरण गरिएकाे जानकारी दिइन् । अपाङ्गता भएका राज्यका क वर्गका परिचय पत्र प्राप्त गरेका पूर्ण अपाङ्गता भएका व्याक्तिहरुले मासिक रू ३ हजार ९ सय ९० रुपैयाँ सामाजिक सुरुक्षा भत्ता पाउँदै आएका छन् । भने अति अशक्त अपाङ्गता भएका ख वर्गका अपाङ्गता भएका व्याक्तिहरुले मासिक रू २ हजार १ सय २८ रुपैयाँ सााजिक सुरुक्षा भत्ता पाउने गरेका छन् । नेपाल सरकारले १० प्रकारका अपाङ्गता अवस्थाअनुसार वर्गीकरण गरेपनि ४ प्रकारका परिचय पत्र मात्र उपलब्ध गराउँदै आएको छ ।

अपाङ्गता भएका व्याक्तिहरुको लागि आवश्यकता पहिचानसहित घरदैलो अभियान गरिएको अपाङ्गता अभियान्ता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य सावित्रा घिमिरेले जानकारी दिइन । अपाङ्गता संमन्वय समिति बुटवल उपमहानगरपालिकाका सदस्य समेत रहेकी घिमिरेले अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरु पनि समाजको मुल धारमा आउनुपर्छ , उनीहरुको पनि हक अधिकार स्थापित गर्नुपर्छ भन्ने अभियानअनुसार बुटवल उपमहानगरपालिकाको सहयोगमा यो काम गरिएको जानकारी दिइन् ।

उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल घरदैलो अभियानमा अपांगता भएका व्यक्तिहरूलाई उनीहरूकाे घरपरिवारले गर्ने व्यवहार पनि फरक फरक पाएकाे बताइन् । उनी भन्छिन् - " कतिपयले उनीहरूलाई घरका अन्य सदस्यसरह समान व्यवहार गरेकाे भेटियाे भने कतिपयले अपांगता भएका व्यक्तिलाई पशुसरह व्यवहार गरेकाे देखियाे ।" अपांगता भएका कतिपयकाे घरकाे काेठा दुर्गन्धित भएकाे पशुलाई जस्तै बाँधेर राख्ने जस्ता अमानवीय व्यवहार गरेकाे उपप्रमुख अर्यालले बताइन् ।

त्यस्ताे व्यवहार गर्नेलाई पहिलाे चरणमा सम्झाई--बुझाई गरिएकाे , पुन: साेही व्यवरहार दाेहारिएमा कानूनअनुसार कार्वाही गरिने उपप्रमुखकाे भनाइ छ । "अपांगतासम्बन्धि कार्यक्रमलाई आगामी दिनमा अझ याेजनावद्ध तरिकाले परिष्कृत गर्दै लैजान्छाैँ । " उपप्रमुख अर्यालले बताइन् ।