ताजा अपडेट »

वागेश्वरीमा नृत्य र गायनकाे अडिसन राउन्ड सम्पन्न , फाइनल असार ६ गते

आइतबार, ०३ असार २०८०

बुटवल । बुटवलमा शनिबार वागेश्वरी आइडियलको अडिसन राउन्ड सम्पन्न भएको छ । शनिवार बुटवलको मिलनचोकमा रहेको एकेडेमीको आयोजनामा बुटवल , तिलोत्तमा र देवदहका विभिन्न विद्यालयका विद्यार्थीका बीच प्रतिष्पर्धा भएको हो । कार्यक्रममा नृत्य र गायन विधामा प्रतिष्पर्धा भएको थियो ।

नृत्यमा करिब २६ जना विद्यार्थीबीच प्रतिष्पर्धा भएको थियो । २६ जना विद्यार्थीमध्ये उत्कृष्ट दस जना फाइनल राउन्डको लागि छनौट भएको एकेडेमीले जनाएको छ । भने गायनको पहिलो चरणबाट २७ प्रतिष्पर्धी छनौट भएकोमा दोस्रो चरणबाट उत्कृष्ट ११ जना छनौट भएका हुन् । अडिसनको नृत्य र गायन तर्फबाट छनौट भएका विद्यार्थी फाइनल राउन्डमा प्रतिष्पर्धा गर्नु पर्नेछ । फाइनल राउन्ड यही आषाढ ६ गते विश्व संगीत दिवसको दिन हुने एकेडेमीका सञ्चालक लालीमाया श्रेष्ठले बताइन् ।

दुबै विधाको फाइनल राउन्डबाट पहिलो स्थान प्राप्त गर्नेले रू १० हजार र मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थान प्राप्त गर्नेले रू८ हजार र मेडल प्राप्त गर्नेछन् भने तेस्रो स्थान प्राप्त गर्नेले रू ५ हजारमा चित्त बुझाउनु पर्नेछ । कार्यक्रममा बोल्दै सञ्चालक लालीमाया श्रेष्ठले विद्यार्थीको प्रतिभालाई प्रष्फुटन गर्न यो कार्यक्रम गरिएको बताइन् । उनले यश कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताइन् ।

कार्यक्रममा नृत्यतर्फ जीवन मिश्र र हिमाल थापा निर्णायकको भूमिकामा रहेका थिए भने गायनमा किशोर बिक र प्रेम नेपाली रहेका थिए । कार्यक्रम एलिजा परियार र विवेक पंगेनीले सञ्चालन गरेका थिए ।