बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।
ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो । मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् । उनको मोवाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोवाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया