ताजा अपडेट »

मध्यविन्दुका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण

बुधबार, ३१ जेठ २०८०

बुटवल । जीवराज आश्रित फाउन्डेसनद्वारा चीन–नेपालको दौत्य सम्बन्ध, नेपाल–चीन बीच भगिनी सम्बन्धका लागि आवश्यक प्रक्रिया र चीनियाँ कृषि प्रणाली, पर्यटन, संस्कृति र समृद्धि विषयमा मध्यविन्दु नगरपालिका नवलपरासी (बसुपू) का जनप्रतिनिधिहरुलाई एक दिवसीय अभिमुखीकरण कार्यक्रम मंगलवार चोरमारामा सम्पन्न भएको छ ।

कार्यक्रममा चीनविज्ञ एवम् लुम्बिनी विश्वविद्यालयका उपप्राध्यापक डाक्टर सागर न्यौपानेले उल्लेखित विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख भीमलाल अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु एवम् वडाध्यक्षहरुले नगरपालिकाले चीनसँग भगिनी सम्बन्ध कायम गरि आफ्नो नगरपालिकाको पहिचान,प्रसिद्धि र प्रचारप्रसारका लागि निरन्तर गतिशील हुने बताए । साथै आफ्नो पालिकाले कृषि,पर्यटन र आयआर्जनलाई उच्च प्राथमिकता दिदै समग्र विकासका निम्ति चिनियाँहरुसँग हातेमालो गर्न आफ्नो पालिका आतुर रहेको नगरप्रमुख अधिकारीले सुनाए ।