ताजा अपडेट »

सन् राइज बैंकद्धारा बुटवल उपमहानगर वडा नंं. १० लाई सहयोग

बुधबार, ३१ जेठ २०८०

रुपन्देही ।सन् राइज बैंकद्धारा सामाजिक उक्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वड नं. १०, कार्यलयलाई नगर सौन्दर्य तथा सडक बोटविरुवा सिँचाइ तथा संरक्षणको प्रयोजनको लागी २ थान पानि ट्याङ्की तथा ट्याङ्की स्ट्याण्ड हस्तान्तरण गरेको छ ।

यस कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १०, वडा कार्यपालिका अध्यक्ष श्री बल बहादुर पुन लगायत सम्पुर्ण वडा कार्यपालिकाका पदाधिकारीहरु, सम्पुर्ण टोल विकास समिति अध्यक्षहरु र सन् राइज बैंकको तर्फबाट लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनिल मण्डल, बुटवल मिलनचोक शाखाका शाखा प्रबन्धक श्री अच्युत श्रेष्ठ, योगीकुटी शाखाका शाखा प्रबन्धक श्री नविन थापा सहित बुटवल मिलनचोक शाखाका सम्पूर्ण कर्मचारिहरुको उपस्थिती रहेको थिए ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।