बुटवल । सन्राइज बैंक लिमिटेडले रुपन्देहीमा रहेको तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा रुपन्देही जिल्ला शुद्धोधन गाउँपालिका-७, मानमटेरिया स्थित श्री जनता माध्यामिक विद्यालयमा निःशुल्क आँखाशिविर सञ्चालन गरेको छ ।
बैंकका योगीकुटी शाखाले श्री जनता माध्यामिक विद्यालयमा सञ्चालन गरेको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २४१ जनाले आँखाको परीक्षण गराएका छन् । शिविरमा आँखा परीक्षण गराएका विद्यार्थी, शिक्षक र अभिभावकलाई आँखाको चेकजाँच साथै चश्मा र औषधी वितरण लगायत शल्यक्रियाका लागि आवश्यक परामर्शदिने काम भएको बैंकले जनाएको छ ।
निःशुल्क आँखा शिविरको उद्घाटन बैंकको लुम्बिनी प्रदेश ५ प्रमुख सुनिल मण्डल र विद्यालयको प्रधानाध्यापक सरस्वती साहनीले गरेका थिए । उक्त कार्यक्रमका बिशिष्ठ अतिथि योगीकुटी शाखाका शाखा प्रबन्धक नविन थापाले संचालन गर्दै अगामी दिनमा पनि यस बैंक तथा शाखाबाट थप अरु श्रेत्रमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
हाल बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया