माघ ५,
धादिङ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन् ।
खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए । पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ २ छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए । –नागरिक दैनिक
प्रतिक्रिया