ताजा अपडेट »

मर्यादित महिनावारी विशेष तालिम

आइतबार, २८ जेठ २०८०

चितवन । राधा पौडेल फाउन्डेशनले सौराहा, चितवनमा गत ४ देखि ७ जून सम्म ४ दिने मर्यादित महिनावारी विशेष तालिम सम्पन्न गरेको छ । पूर्व देखि पश्चिमसम्मका सातै वटा प्रदेशबाट कुल ४० जनाले सहभागिता जनाएको सो तालिम अत्यन्त उपलब्धीमूलक रहेको कुरा सहभागीहरुले बताए ।

तालिममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी भएका थिए । ग्रीन तारा नेपाल, ईको हिमाल नेपाल, ऐड्स हेल्थ केयर नेपाल, प्लान ईन्टरनेशनल नेपाल, सखी, ग्रामिण महिला बिकास केन्द्र, मितेरी जैबिक प्याड उत्पादन केन्द्र, आकाशा एकेडेमी, समाज सुधार समिती, मेडिकोस नेपाल, उध्यमशील तथा सीप बिकास अपांग संघ, नुवाकोट कोपिला नेपालका प्रतिनिधीहरु, अधिवक्ता शशी बस्नेत, लेखक एवम अधिवक्ता सरीता तिवारी र मेन्ट्रुअल हेल्थ मा पि एच डी गर्दै गरेकी बेलायती विद्यार्थी एबिगेल लेनेक्सले सहभागिता जनाएका थिए । कार्यक्रम सपना पौडेलले संचालन गरेकी थिईन ।

अधिवक्ता शशी बस्नेतकी ९ बर्षीया छोरी सेनेका कोईराला बस्नेतले पनि स्वेछ्याले तालिममा सम्मिलित हुने ईछ्या जाहेर गरेकाले लिएर आएकी थिईन । सेनेकाले स्कूलमा भन्दा यो तालिममा धेरै कुरा सिक्न पाईने भएकोले आफू ६ दिन स्कुल बिदा लिएर यो मर्यादित महिनावारीको तालिममा सहभागी हुन आएको कुरा बताईन१ साथै चार दिन नै सकृय सहभागिता जनाईन ।
त्यस्तै जुम्लाबाट ४ दिनको यात्रा तय गरि आएका स्वास्थ्यकर्मी नन्दलाल रावतले पनि आफ्नो १२ कक्षामा अध्ययनरत छोरी निर्मला रावतलाई साथै लिएर आएका थिए । दुबै छोरीहरु लगायत सहभागी सबैले सो तालिम अत्यन्त ज्ञानबर्धक र उपलब्धीमूलक रहेको कुरा बताए१ तालिममा पुरुषहरुको संख्या ८ थियो ।

सिंजा, जुम्लाका नन्दलाल रावत बिगत २२ बर्ष देखि मदन पुरस्कार बिजयी लेखक एवम मर्यादित महिनावारी अभियंता राधा पौडेलको नजिक रहेर काम गर्दै आईरहेका स्वास्थ्यकर्मी भए पनि आफ्नो घरमा श्रीमती र आमालाई महिनावारी महिलाको सामान्य शारीरिक प्रकृया हो र महिनावारीको रगत शुद्ध रगत हो, त्यसैले सो भएका छुट्टै बस्नुपर्दैन, यो बिभेदको अन्त गरीनुपर्छ भनेर जति भने पनि आफ्नो केही सीप नलागेकोले यो तालिममा छोरीलाई लिएर आएको कुरा बताए ।

कक्षा १२ मा अध्ययनरत निर्मला रावतले यती महत्वपूर्ण यो तालिममा आफुलाई सहभागी हुने अवसर प्रदान गर्ने राधा पौडेलप्रती आफू अत्यन्त अनुगृहित भएको कुरो बताईन।आफू पहिलो पटक महिनावारी हुदा गाईगोठमा २१ दिन सम्म लुकाईएका कुरा स्मरण गर्दै घरमा बुवाले बार्नुपर्दैन भन्दा पनि आमा र हजुरआमाले कडाईका साथ महिनावारी बार्न लगाउने गरेको तर अब यो तालिममा सहभागी भए पश्चात महिनावारीको रगत शुद्ध भएकोले अब आफुले यो बिभेदको अंत आफैबाट गर्ने अठोट लिएको कुरा बताईन१ साथै आफुले परिक्षण गरे पश्चात आमा अनि छरछिमेकमा पनि सोही कुरा शेयर गर्ने बताईन ।

राधा पौडेल फाउन्डेशनलाई कोलाब्रेटिभ पार्टनरको रुपमा साथ र सहयोग गर्ने सेती फाउन्डेशन, करुणा फाउन्डेशन, जर्मन को(अप्रेशन र नेपाल एफ एम लाई फाउन्डेशनका तर्फबाट डिग्नीफाईड मेन्सट्रूएशन यूके च्याप्टर की संयोजक सुधा गुरुङ्गले धन्यबाद ज्ञापन गरीन१ त्यस्तै ऐड्स हेल्थकेयर फाउन्डेशनका दिपक ढुंगेल ले ब्यक्तीगत र संस्थागत हिसाबमा पनि धेरै सहयोग गर्दै आउनुभएकोमा राधा पौडेलले हार्दिक आभार प्रकट गरीन ।

नेपाल एफ एमका प्रोग्राम डायरेक्टर गोबिन्द भट्टराईले मर्यादित महिनावारी बारे १ हजार ओटा एपिसोड बनाउने प्रतिबद्धता जाहेर गरे अनुरुप हाल सम्म ९६ वटा एपिसोडहरु प्रसारण गरीसकेको छ१ नेपाल एफ एमले मर्यादित महिनावारी बारे साप्ताहिक कार्यक्रम संचालन गर्नुका साथै मर्यादित महिनावारी बारे जनचेतनामुलक सांगीतिक जींगल प्रस्तुत गर्ने गर्दछ।
राधा पौडेल फाउन्डेशनको अगुवाईमा ग्लोबल साउथ कोलालिजन फर डिग्नीफाईड मेन्स्त्रुएशन संजालले अन्तराष्टीय स्तरमा ६५ वटा देशहरुसंग मिली काम गरीरहेको छ१ सो संजालले २०१९ डिसेम्बर ८ बाट अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस मनाउदै आईरहेको छ।

तालिमको अन्तिम दिन सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । अत्यन्त सिमित श्रोत र साधनका बिच पनि फाउन्डेशनले तालिम बडो सफलतापूर्कक सम्पन्न गर्न सफल भयो । सो तालिम सकिए लगतै सात प्रदेशका १४ जना पत्रकारहरुको अर्को टोलीलाई मिडिया फ्लोसिप तालिम दिन शुरु गरिएको छ । यसरी राधा पौडेल फाउन्डेशनले मर्यादित महिनावारी अभियानमा निरन्तर काम गर्दै आईरहेको छ । साथै आउदो ८ डिसेम्बर मा पाचौ अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस सभ्य र भब्य तरीकाले मनाउन फाउन्डेशनले सबैलाई आवह्वान गरेको छ ।