ताजा अपडेट »

नेपाल नियमित रक्तदाता संघको १९औँ साधारण सभा सम्पन्न

आइतबार, २८ जेठ २०८०

वुटवल। नेपाल नियमित रक्तदाता संघले १९औ साधारण सभा वुटवलमा सम्पन्न गरेको छ । संस्थाले १९औं साधारण सभावाट पुन दया बहादुर शिल्वालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा लेखनाथ भण्डारी,उपाध्यक्ष महेश खनाल,महासचिव दिपक अधिकारी, कोषाध्यक्ष प्रेम सुनार हुकुम, सचिव मञ्जु गिरी,उप–कोषाध्यक्ष विष्णु भण्डारी सदस्यहरु राजेश गैरे, राजु रसाइली वि.क.मञ्जु खनाल भट्टराई, रुपेन्द्र अधिकारी र वुद्धि ज्ञवाली रहेका छन् । रुपन्देहीमा करिव चार सय संघ संस्थाहरुले रगत दान गर्ने गरेका छन् ।

त्यस मध्य वार्षिक रुपमा सवै भन्दा वढी रक्त दान गर्ने संस्था मध्यको दोस्रो स्थानमा नेपाल नियमित रक्तदाता संघ रहेको छ । रुपन्देही मात्र नभई छिमेकी जिल्लाहरुमा समेत रगत उपलव्ध गराउदै आएको संस्थाले जनाएको छ । सभामा वोल्नेहरुले रक्तदान गर्नेहरुको भावनाहरुलाई आत्मा साथ गरि रक्त संचार सेवा केन्द्रहरुवाट उपल्व्ध गराउने रगत निशुल्क उपलव्ध गराउनुपर्ने माग गरेका छन् ।

सरकारी अस्पतालमा उपचार गर्ने विरामीको लागि निशुल्क र निजी अस्पतालमा उपचार गराउने विरामीहरुको लागि शुल्क लिने दोहोरो माप दण्ड अन्त हुनुपर्ने नेपाल स्वयसेवी रक्तदाता संघका अध्यक्ष कृष्ण चौवानले वताउनु भयो । स्वयसेवीले निशुल्क दान गरेको रगत विरामीले पनि निशुल्क पाउनु पर्नेमा चौवानले जोड दिनुभएको थियो ।

निशुल्क दान गरेको रतग विरामीले निशुल्क पाउने विषय निकै महत्वपूर्ण भएकाले यसलाई लागु गर्न तीनै तहका सरकार सँग छलफल गरेर व्यवहारमा ल्याउन सक्दो प्रयास गर्ने धारण प्रमुख जिल्ला अधिकारी कार्यक्रमका प्रमुख अतिथि भरतमणी पाण्डेले राख्नु भएको थियो । कार्यक्रमा रक्त संचार सेवा केन्द्र वुटवलकी सदस्य सचिव राधा शर्माले नियमित आक्मिक रगत अभाव हुदा जतिवेला पनि रक्त दान गरि विरामीहरुको जिवन बचाउने पुन्य काममा यस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको वताउनु भयो । कार्यक्रमा जनप्रतिनिधि नरेश्वर पौडेल, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने, संस्थाका प्रमुख सल्लाहाकार विमल बहादुर शाक्य, संस्थाका सचिव महेश खनाले वोल्नु भएको थियो । सोही अवसरमा संस्थालाई सहयोग गर्ने तथा कार्यालय व्यवस्थापनमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दया बहादुर शिल्वालको अध्यक्षता र महासचिव महेश खनालको संचालनमा सम्पन्न भएको थियो ।