ताजा अपडेट »

बुटवलमा हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मूल नारासहित गौरव यात्राको तयारी

आइतबार, २८ जेठ २०८०

बुटवल । ‘हाम्रो पहिचान हाम्रो गौरव’ भन्ने मूल नारासहित बुटवलमा असार ८ गते शुक्रबार गौरव यात्राको आयोजना हुने भएको छ । बुटवलको ट्राफिकचोकदेखि राजमार्ग चौराहसम्म पञ्चे बाजासहित गौरव यात्रा आयोजना गर्न लागिएको हो ।

शाहसी कदम नेपालको आयोजनामा शुक्रबार दिउसो ३ बजेदेखि हुने कार्यक्रममा मन्थ अफ भिक्टोरी, एलोन वट स्ट्रोङ्ग लेखिएको मुख्य ब्यानरसहित र्यालीको आयोजना गरिने भएको छ । तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको हक अधिकारका लागि काम गर्दै आएको शाहसी कदमले र्यालीमा सहभागी भई विभेद विरुद्धको अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

‘हाम्रो संस्कृति हाम्रा पहिचान प्रथम गौरव यात्रामा विभिन्न अधिकार कर्मीहरुको सहभागिता रहने छ ।’–ओजक संस्थाका अध्यक्ष आनिक रानाले भनिन्, यो दिनलाई हामीले पर्वको रुपमा मनाउने छौं । कार्यक्रमका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।