ताजा अपडेट »

वागेश्वरी कला तथा संगीत बुटवलमा राग मञ्जरीकाे १६ औं श्रृङखला

शनिबार, २७ जेठ २०८०

बुटवल । वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा राग मञ्जरीकाे साेह्राेँ श्रृङखला सम्पन्न भएकाे छ । हरेक महिनाकाे अन्तिम शनिबार रागकाे बहार अन्तर्गत शनिबार साेह्राै श्रृङखला सम्पन्न भएकाे हाे ।

मञ्जरीमापहिलाे प्रस्तुतिकाे रूपमा भुपाली राग प्रस्तुत गरिएकाे थियाे । भुपाली रागमा एन्जिला क्षेत्री , समिक्षा
अधिकारी , कृष्ण बस्याल र संस्कार गाैतमले प्रस्तुति दिएका थिए । त्यसतै दाेस्राे प्रस्तुतिकाे रूपमा राग विहाग कुशल अाचार्य र सुमन पाैडेलले प्रस्तुत गरेका थिए । मञ्जरीमा तेस्राे राग यमन सविन दर्लामी , विपना पन्थी र सुवास साेमै मगरले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिक्रम काफ्ले र निखिल थापाले राग भैरवलाई चाैथाे प्रस्तुति स्वरूप प्रस्तुत गरेका हुन् भने पाँचाैँ रागकाे रूपमा राग विहाग सुशान्त पाेखरेल र मनिष घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रममा हार्माेनियममा प्रेम नेपाली , तबलामा किशाेर बिक र शंकर गुरूङले साथ दिएका हुन् ।
मञ्जरीकाे साेह्राे श्रृङखलामा ध्रुपद गायक विशाल भट्टराईकाे ध्रुपद विशेष प्रस्तुति रहेकाे थियाे भने ध्रुपद प्रस्तुतिमा लालीमाया श्रेष्ठकाे साथ रहेकाे थियाे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रशिक्षक भाेजराज न्याैपानेले राग मञ्जरीका हरेक श्रृङखला विद्यार्थीकाे लागि महत्त्वपूर्ण रहेकाे बताए । संगीतमा जाे डुब्नु सक्छ उसैले नै यसमा सफलता प्राप्त गर्न सक्ने उनले बताएका छन् ।

कार्यक्रममा स्वागत गर्दै संस्थाका सञ्चालक लालीमाया श्रेष्ठले सबैकाे साथ र हाैसलाले वागेश्वरी यहाँसम्म आएकाे र अझै साथ र हैसलाकाे खाँचाे रहेकाे बताइन् । कार्यक्रमकाे सञ्चालन विद्यार्थी विवेक पंगेनीले गरेका थिए ।