ताजा अपडेट »

भन्सार छलीको मलसहित ट्रक पक्राउपछि पाल्पामा भेटियो अर्को भण्डारण

शनिबार, २७ जेठ २०८०

बुटवल । पाल्पामा भारतबाट अवैध रुपमा भित्र्याइएको मलको भण्डारण फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्लाको रामपुर नगरपालिका बेझाड स्थित एक घको सटरमा शनिबार दिउँसो अवैध मल फेला परेको हो ।

सोही नगरपालिका–६ बस्ने विजय श्रेष्ठको वडा नम्बर ५ मा अवस्थित घरको सटरमा ६५० बोरा मल फेला परेको हो । गोप्य सूचनाको आधारमा नगरपालिकाकी उप प्रमुख बालकुमारी थापाको संयोजकत्वमा गएको अनुगमन टोलीले अवैध मल फेला पारेको हो । प्रधानमन्त्री भारतीय जनउर्वर परियोजना भारत युरिया नामक रसायनिक मल बरामद गरिएको हो । यसअघि शनिबार दिउँसो नै प्रहरीले नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरको सोही नामको मल बरामद गरेको थियो ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको थियो । प्रहरी चौकी हुँगीले चेकजाँच गर्ने क्रममा एक ट्रक अवैधमलसहित चालकलाई समेत नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकमा ३७२ बोरा अवैध मल बरामद गरिएको थियो। २ लाख ९७ हजार ६ सय मूल्य बराबरको उक्त मल ओसारपसार गरिरहेको ट्रकमा जनउर्बर भारत परियोजना युरिया नाम मल बरामद गरिएको हो । आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/243537