ताजा अपडेट »

गुल्मी सिमिचौर समाज रुपन्देहीको भैरहवा उप-समिति गठन

शनिबार, २७ जेठ २०८०

गुल्मी । गुल्मीको सिमिचौर वाट रुपन्देहीको भैरहवामा आई विभिन्न पेशा व्यवसाय, रोजगारी, अस्थायी र स्थायी बसोवास गदै आएकाहरु विच झविलाल घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय गुल्मी सिमिचौर समाज रुपन्देही भैरहवा उप–समिति गठन भएको छ ।

उप–समितिको वरिष्ठ सदस्यमा डिल्लीराज अर्याल,सदस्यमा सीता अर्याल, झविलाल घिमिरे (क) कमला घर्ती रहेका छन् । गुल्मी सिमिचौर समाजका अध्यक्ष जनकलाल पाण्डेको अध्यक्षतामा वसेको वैठकमा उक्त समिति गठन भएको हो । समिति गठनको अवसरमा समाजका उपाध्यक्ष कष्ण बहादुर कार्की, सचिव ढुण्डिराज अर्याल सह–सचिव नवराज भुसाल सदस्य गिरिराज अर्याल, कृष्ण बहादुर वस्नेत, जबुना घिमिरे लगाएत भैरहवामा वस्ने सिमिचौर बासीको उपस्थिति थियो ।

रुपन्देहीमा आई बसोवास गर्ने सिमिचौर बासीलाई गोलवन्द गर्दै २०७४मा स्थापना गरिएको यो संस्थाले रुपन्देही र सिमिचौरमा आर्थिक र भौतिक सहयोग गर्दै आएको छ ।