ताजा अपडेट »

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै 

विहीबार, २५ जेठ २०८०
1 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको  नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो । 

सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो । आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेकाे हाे ।