ताजा अपडेट »

राष्ट्रिय युवा संघ रुपन्देहीद्वारा एक महिने वृक्षरोपण तथा डेंगू विरुद्धको अभियान सुरु

मंगलबार, २३ साउन २०८०
2 Shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटिले एक महिने वृक्षरोपण अभियान तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियान शुभारम्भ गरेको छ । बुटबलको वडा नम्बर ११ र १७ मा पर्ने सृजनानगरको विभूति पार्कबाट करिब दुई सय पचास वृक्षरोपण गरी अभियानको शुभारम्भ गरिएको हो । त्यस्तै सोही ठाउँबाट एक हप्ते डेंगु बिरुद्धको सचेतना अभियान पनि सुरु गरिएको छ ।

दुबै अभियानको एक कार्यक्रमका बीच नेकपा एमालेका पोलिट ब्युरो सदस्य दधिराम शर्माले शुभारम्भ गरे। सो अवसरमा उनले अहिले नेकपा एमाले ०८४ मा हुने आसन्न निर्वाचन लक्षित कार्यक्रमहरु देशका ७५३ वटै पालिकामा सुरु गरेको बताए । सोही अनुसार टोल, पालिका, जिल्ला र प्रदेशमा विभिन्न रचनात्मक सामाजिक कार्यसँगै कार्यकर्ता निर्देशित हुन आग्रह गरे । ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा बहुमत ल्याउने गरी एमालेले विभिन्न कार्यक्रम बनाएको बताए । साथै उनले राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले सामाजिक सचेतनाका कार्यक्रमहरु गर्दै समाज रुपान्तरणमा लागेको भन्दै अझै रचनात्मक काम गर्न आग्रह गरे ।

राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सर्कुलर अनुसार वृक्षरोपण कार्यक्रम गरेको बताए । उनले एक हप्ते डेंगु अभियान जिल्लाका १६ वटै पालिकामा गरिने बताए । कार्यक्रममा राष्ट्रिय युवा सघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, किरण नेपाल पन्चमी रेग्मी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, नेकपा एमाले जिल्ला सदस्य नकुल शाहि ठकुरी, जिल्ला उपाध्यक्ष दिपक खड्गी, सचिव दिपेस कंडेल, सह सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापा कार्यक्रम संयोजक बिमल केसि लगायतले बोलेका थिए ।