ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सर्‍यो

मंगलबार, २३ जेठ २०८०

काठमाडौं। प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । 

मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी गरेको सूचनामा उल्लेख छ ।