बुटवल । विश्व वातावरण दिवस एवम् विद्यार्थी क्षमता अभिवृद्धि तालिमकाे समापन समाराेह साेमवार दाेभानमा सम्पन्न भएकाे छ ।
तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक तहका एवम् मस्याम एकीकृत क्यामपसका विद्यार्थी सहभागी रहेकाे उक्त कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले विश्व वातावरण दिवसकाे अवसर पारेर विद्यार्थीलाई प्रदान गरिएकाे क्षमता अभिवृद्धि तालिमले उनीहरुमा रहेका आफ्ना अन्तर्निहित क्षमतालाई सबैका बीच प्रस्तुत गर्न सकेकाेमा विशेष धन्यवाद दिदै विश्वभरि वातावरण बिग्रदाे अवस्थामा रहेकाेले यसलाई सुधार्न ईकाे-क्लवकाे भाइबहिनीहरुलाई विशेष अनुराेध गरेका थिए ।
आवासीय रुपमा सञ्चालन गरिएकाे तीन दिवसीय क्षमता अभिवृद्धि तालिममा दलबहादुर गुरुङ,रमेश अर्याल,राजेश श्रेष्ठ,पदमलाल शाक्य,कृष्ण रेग्मी लगायतले वन,वातावरण, जैविक विविधता,पब्लिक स्किपिङ,उद्घाेषण कला विषयमा सहजीकरण गरेका थिए । उक्त समापन समाराेहका सन्दर्भमा सहभागीहरुका तर्फबाट अजय खड्का ,लीला राना,स्नेहा राना लगायतले हिजाेकाे नुवाकाेट,आजका हामी र भाेलिकाे सपना,रानी झरना र पर्यटन विकास,मिनी रानी महल र तिनाउकाे पर्यटनमा याेगदान र सुकेतालकाे पर्यटन प्रवर्द्धन विषयमा आ-आफ्ना विचार प्रस्तुत भरेका थिए ।
प्रतिक्रिया