ताजा अपडेट »

यस्तो छ गुल्मीका दुई नगरपालिकाको 'चेन अफ कमाण्ड'

सोमबार, २२ जेठ २०८०

गुल्मी । गुल्मीका दुई नगरपालिकामा फरक–फरक राजनीतिक दलको नेतृत्व शैली पनि फरक नै देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसबाट विजयी मेयर खिलध्वज पन्थीले नेतृत्व गरिरहेका छन् भने मुसिकोट नगरपालिकालाई एमालेबाट निर्वाचित जिवलाल खरेलले नेतृत्व गरिरहेका छन् । यी दुई नेतृत्वको फरक–फरक शैलीप्रति यहाँका जनताले समय समयमा प्रश्न उठाउने तथा प्रशाँसा गर्ने गरेका छन् ।

रेसुङ्गा नगरपालिकाका मेयर पन्थी काँग्रेस जिल्ला सभापतिसमे हुन् । उनले नगरमा अन्य राजनीतिक दलबाट निर्वाचित जनप्रतिधिहरुलाई समेत साथमा लिएर बिकास निर्माणका काम अघि बढाएको भन्दै प्रशंसा पाइरहँदा मुसिकोटका पुराना नेता समेत मानिने मेयर खरेलको रुखो प्रवृत्ति र एकल निर्णय गरेर जाने प्रवृत्तिले गर्दा आलोचित हुने गरेका छन् ।

सोमबार मुसिकोट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अन्य दलका जनप्रतिनिधि तथा नेताहरुले मेयर खरेलको खुलेरै आलोचना गरे । नगरप्रमुखले एमालेको बहुमतको दम्भमा विपक्षीलाई पुछ््दै नपुछ्ने गरेको बिप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका प्रतिनिधि गोबिन्द सापकोटाले कडा आलोचना गरे । यसैगरी माओबादी केन्द्रका मुसिकोट अध्यक्ष युवराज खरेलले पनि मेयर खरेलको प्रवृत्तिप्रति आलोचना गरे ।
एमाले मुसिकोटका नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले भने मेयर खरेलको बचाउ गर्दै धारणा व्यक्त गरे । उनले भने ‘बिरोधका लागि बिरोध नगरौ, अहिलेको संघीय र प्रदेशको सत्तारुढले बजेट बिनियोजनमा यस पालिकालाई विभेद गरेको कुरा पनि उठाउनुस, सबै मिलेर मुसिकोटको बिकास गरौं ।’

सर्वाजनिक सुनुवाई कार्यक्रममा पालिका भित्रका विभिन्न समस्याहरुका बारेमा कुरा उठेका थिए । औपचारिक कार्यक्रममाको नगर प्रमुख खरेलले समापन गर्दै भने आफूप्रति भएको टिप्पणी र आलोचनालाई सुधार गर्दै लैजाने प्रतिवद्धता गरे । ‘यहाँ जुन कुरा उठे जो लोकतन्त्रको सुन्दर पक्ष हो । म आफूले यहाँहरुले आरोप लगाए झै म छु जस्तो लाग्दैन, यदि कतै म चुकेको, चिप्लिएको भए आफूलाई सच्चाउनेछु ।’–नगर प्रमुख खरेलले अघि भन ।

मुसिकोट नगरपालिकाले आयोजना गरेको एक सार्वजनिक र महत्वपूर्ण कार्यक्रममा विपक्षी दल काङ्ग्रेसका चार डाध्यक्षहरुले मन्चको आशन नै बहिस्कार गरेर दर्शक दिर्घमा बसेको दृश्यले पनि त्यहाँको राजनीतिक द्वन्दलाई प्रष्ट पारेको छ । यता काङ्ग्रेसले नेतृत्व गरेको रेसुङ्गामा केही यस्ता उदाहरणहरु छन् जसले सबै दल बीच बिकासका लागि एकताको सन्देश दिने गरेको छ । केही दिनअघि सडक बिस्तारका क्रममा घर पेटि भत्काएको विरुद्ध एमाले रेसुङ्गा नगर कमिटीले संस्थागत रुपमै बिरोध जनायो । उसले ज्ञापनपत्र नगर प्रमुख पन्थीलाई बुझायो । तर एमालेबाटै विजयी भएका वडाध्यक्षहरु निरन्जन थापा र रामप्रसाद पन्थी नगरप्रमुखको अघिपछि गर्दै आफै घरपेटी भत्काउँदै हिँडे। उनीहरुको यो दृश्यले बिकासका लागि जनप्रतिनिधिहरु बिकासका लागि एक ठाउँ उभिएको भन्दै जनताबाट प्रशंसा समेत पाएको थियो । यही उदाहरणलाई प्रस्तुत गर्दै मुसिकोटका जनताले सुझाब रखेका छन् ‘रेसुङ्गाका मेयर पन्थीले झै चेन अफ कमाण्ड सम्हाल्ने हो कि मेयर साब ?’