ताजा अपडेट »

पाल्पाको ज्ञानाेदय माध्यमिक विद्यालयको ५४ ओै वार्षिकाेत्सव सम्पन्न

सोमबार, २२ जेठ २०८०

बुटवल । ज्ञानाेदय माध्यमिक विद्यालय,तिनाउ-पाल्पाकाे ५४ ओै वार्षिकाेत्सव एवम् अभिभावक दिवस विविध कार्यक्रमकाबीच तिनाउकाे ओखलढुंगामा साेमवार सम्पन्न भएको छ।

समाराेहका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले विद्यालयकाे शैक्षिक उन्नति र प्रगतिका निम्ति ज्ञानाेदय माविकाे शैक्षिक लगानी र सहयाेग उल्लेखनीय रहेकाे बताए । उनले तिनाउमा शिक्षाकाे अवस्था उकास्न ज्ञानाेदय माविकाे सहयाेग अपरिहार्य रहने उल्लेख गरे । विद्यालयका अभिभावक, विद्यार्थी,शिक्षक र समितिहरुकाे सार्थक सहभागिताले नै विद्यालयकाे शैक्षिक उन्नयन हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गापाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले विद्यालयमा भाैतिक संरचना यथेष्ट रहेकाेले अब शैक्षिक गुणस्तर विकासमा सबै पक्षहरु क्रियाशील रहनुपर्ने बताए । साे कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्याल,वडा नं १ का वडाध्यक्ष भुवानसिंह चिदी,शिक्षा समिति,तिनाउका सदस्य दलबहादुर गुरुङ,साेही विद्यालयका पूर्वप्रअ राेमबहादुर लम्तरीले तिनाउकाे ओखलढुंगामा रहेकाे ज्ञानाेदय माविले यस क्षेत्रकाे शैक्षिक विकासका निम्ति प्रभावकारी भूमिका खेलेकाे बयान गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष ओमबहादुर सुनारी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घर्तिमगर,खगराज पाैडेल लगायतले विद्यालयकाे प्रगतिमा आफूहरु सक्रिय रहने बताउँदै विद्यालयका प्रअ हरिप्रसाद पाैडेलले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम ,सम्मान र विचार प्रस्तुत भएका थिए ।