चिवाभञ्ज्याङ् (सिक्किम) । विश्व वातावरण दिवसको अवसरमा नेपाल भारत सीमानाका चिवा भञ्ज्याङ्मा बृक्षरोपण गरिएको छ । चिवा भञ्ज्याङ् नेपालको पाँचथर र भारतको सिक्किम राज्य जोड्ने उच्च पहाडी क्षेत्र हो । हिमालय फाउन्डेसन सिक्किमको आयोजनामा भएको बृक्षरोपणमा लुम्बिनी प्रेस क्लव तथा सिक्किम प्रेस क्लबका सन्चारकर्मीले लालिगुँरास फूलको बिरुवा रोपण गरेका थिए ।
बृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै सिक्किम सरकार जलश्रोत बिभागका सल्लाहकार पेमा शेर्पाले नेपाल भारत सीमानाकाको उच्च पहाडी क्षेत्रमा विश्व वातावरण दिवसको दिन बृक्षरोपण गर्न पाउनु खुसीको कुरा रहेको भन्दै सिक्किम सरकारको एक सन्तती एक बृक्ष कार्यक्रमनै रहेको बताए । उनले रोपीएको बिरुवा जोगाउनु रोप्नु भन्दा पनि ठूलो काम रहेको बताए । दुबै देशको सीमानाकामा बृक्षरोपण त्यो पनि दुबै देशका सन्चारकर्मीको सहभागितामा आयोजना हुनु निकै राम्रो एव एतिहासिक काम भएको शेर्पाको भनाइ थियो ।
आयोजक संस्था हिमालय फाउन्डेसनका अध्यक्ष गणेश याङ्मा राइले आफ्नो संस्थाले सिक्किम सरकारले सुरु गरेको एक सन्तती एक बृक्ष कार्यक्रम सफल पार्न हर सम्भब साथ दिएको र यहि कार्यक्रमलाई साथ दिदै विश्व वातावरण दिवसको दिन नेपाल भारत सीमानाका चिवा भञ्ज्याङ्ममा दुबै देशका सन्चारकर्मी सम्मिलित गरि लालिगुँरासको बिरुवा रोपिएको बताए । हिमालय फाउन्डेसनले बृक्षरोपण गर्ने मात्र नभइ रोपिएको बिरुवा संरक्षण गर्नेमा समेत जोड दिए। वातावरण जोगाउन बृक्षरोपण अनिबार्य रहेको भन्दै भाबी सन्ततीलाई सुरक्षित राख्न पनि वातावरण सुरक्षित राख्नु पर्ने र वातावरण सुरक्षित राख्न बोट बिरुवा जोगाउनु पर्ने उनले बताए । बढ्दो तापमान, जङ्गलमा हुने डढेलो, बोट बिरुवा रुखको चोरी कटानी, लगायतले वातावरण पर्यावरण बिग्रेकोले बृक्षरोपण बढी भन्दा बढी गरि बिरुवा हुर्काइ पर्यावरण एव वातावरण जोगाउनु पर्ने, अध्यक्ष राइले बताए ।
बृक्षरोपण कार्यक्रममा सन्चारकर्मी एवम लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले वातावरण जोगाउनु सबैको कर्तव्य रहेको भन्दै आ–आफ्नो ठाउँबाट सबैले मिलेर काम गरे वातावरण जोगाउन सकिने बताइन। वातावरण दिवसमा नेपाल भारत सीमानाकामा बृक्षरोपण गर्ने अवसर ऐतिहासिक भएको बताइन । बृक्षरोपण कार्यक्रममा लुम्बिनि प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेस केसी, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, सल्लाहकार मनोरञ्जन शर्मा, शारदा मल्ल, सिक्किम प्रेस क्लबका महासचिव डिल्लिराम दुलाल, कोषाध्यक्ष अम्मर गुरुङ, हिमालयन प्रेस क्लब दार्जिलिङका गोपाल लाबर, प्रेस क्लब अफ गेल्जिङका सदस्य लगायतले लालिगुँरास फूलको बिरुवा रोपेका थिए ।
प्रतिक्रिया