माघ ३,
सुमन केसी / ग्लोबल आवाज
दाङ । राजनीति त्यागेर ब्यवसायी कृषि पेशामा लागेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले दाङको बिजौरीमा शुरु गरेको ड्रागन फल (रातकी रानी) रोपेको ६ महिनामै फलाउन सफल भएका छन् । दुई पटक मन्त्री भइसकेका भएका विष्ट मगर पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेसामा लागेका हुन् ।
केहि वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उनले करिब १ वर्षदेखि दाङको तुल्सीपुर उपमहानगरपालिका १८ बिजौरीमा ६६ कठ्ठामा जमिन १५ वर्षको लागी भाडाँमा लिएर ड्रागन फल खेती सुरु गरेका थिए । पूर्व पर्यटन तथा स्वास्थ्य मन्त्री विष्टमगरले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए। अहिले ठूला–ठूला विरुवाहरु भएका छन् । ति बिरुवाहरु रोपेको ९ महिना भयो, उनले भने , तर ६ महिना भित्र फल दिएको छ । तर कम फलेको थियो, त्यो समय फल्न समय नभएकाले थोरै फलेको थियो । यो फल्ने समय असारदेखि भाद्र महिनासम्म हो । यो विरुवा रोपको करिब २ वर्ष भित्र फल्ने गर्ने भएता पनि विरुवाहरु छिप्पेको हुनाले रोपको ६ महिनामा फलेको उनले बताए । यो फलको नेपालमा भित्रिएको अहिले १८ वर्ष भयो । अहिले संसार ड्रागन फ्रुटमय भएको बताउँदै उनले यो फल मानव शरिरमा रोगसँग लड्न सक्ने तत्व पाईने भएकाले अहिले संसारका यसको महत्व बढ्दै गएको उनले बताए ।
ड्रागन खेती भित्री तराई-मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ । अहिले रोपेको विरुवाहरु २०/२५ वर्षसम्म फल दिने समेत उनले बताए । उनका अनुसार अबको सिजनमा करिब ४०/५० कुइन्टलसम्म फल्ने समेत छ । एउटा बोटबाट ३ देखि ५ किलो सम्म फल फल्ने उनले बताए । बजारमा अहिले यसको मूूल्य ७ सय देखी १९ सय सम्म रहेको समेत उनले बताए । त्यसैगरी उनले कृषीलाई पर्यटनसँग जोड्नको लागि पनि नेपालमा ठूूला ठुला फर्महरु सञ्चालन गर्नु पर्ने बताए । उनले भने , कृषी आफैमा पर्यटकिय गन्तब्य भएकाले नेपालमा बाँझा जमिनमा नयाँ नयाँ खेती गर्नसके पर्यटकिय गन्तब्य हुने हुन्छ । यहाँ मैले नयाँ खेती गरेको छु, यहाँ धेरै यो के हो ? भनेर स्थानीय तथा जिल्ला बाहिरबाट आउनु हुन्छ । त्यसले गर्दा कृषि पर्यटकिय गन्तब्य हुन सक्छ ।’ त्यसैगरी उनले कृषिलाई उद्योगसँग जोड्नु पर्ने बताए ।
कृषकले उत्पादन गरेको बस्तुहरु जति बिक्री हुन्छ, बिक्छ, नबिकेको बस्तुलाई हामीले प्रयोग गर्न सकिन बस्तु बनाउन सकिन्छ । पूर्व मन्त्री विष्टको फर्ममा ड्रागन फ्रूटको बोटहरु निकै आकर्षक ढंगले हुर्किएका छन् । कहिलै यो खेती जिल्लामा नदेखाहरु पहिलो पटक त्यो देख्दा आश्चर्य मानेर हेर्ने गरेको उनले बताए । त्यसैगरी उनले ड्रागन फ्रुटको नर्सरी समेत तयार पारेका छन् । त्यसबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् । एउटा बेर्नालाई २/३ सय सम्म बिक्रि गर्दै आएका उनले बताए । उनको फर्ममा दाङ लगाएत अन्य छिमिकी जिल्लाहरुबाट ड्रागन फ्रूटको बेर्ना किन्न मानिसहरु आउने गर्दछन् । उनको फर्ममा एभोगाडाको विरुवा प्रति वोट ५ सयमा खरिद गर्न पाइन्छ । त्यसैगरी उनले मुन्तला, सावर, सर्पगन्धा, कुरिल्लो, टाटे सिमी, केपिलो मेलन जस्ता बोटविरुवा त्यस भित्र हुर्काई रहेका छन् ।
प्रतिक्रिया