ताजा अपडेट »

वर्षातले सैनामैना महोत्सव प्रभावित, आजका सबै कार्यक्रम स्थगित

शुक्रबार, ०३ माघ २०७६

माघ ३,

ग्लोबल आवाज

बुटवल । मौसममा आएको परिवर्तनसंगै भएको वर्षाका कारण रुपन्देहीकाे सैनामैनामा सञ्चालित सैनामैना महोत्सव प्रभावित भएकाे छ । बिहिवारदेखि लगातर परेको पानीका कारण शुक्रबारका सबै कार्यक्रमहरु स्थगित भएका हुन् ।

वर्षाका कारण मेलाका कुनै पनि कार्यक्रम गर्न संचालन गर्न नमिल्ने देखिएपछि शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले बताए । मौसममा सुधार देखिएपछि मेला नियमित रुपमा कार्यक्रम सञ्चालन हुने उनले बताए । मेलामा वर्षातका कारण उद्योगी व्यवसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधा पर्न गएको बताउँदै अध्यक्ष क्षेत्रीले प्रकृतिलाई कसैले पनि रोक्न नसकिने उल्लेख गरे ।

मेला सचिवालयका अनुसार शुक्रबार स्थगित भएका सबै कार्यक्रम शनिबारदेखि यथावत रुपमा सञ्चालन गरिने छ भने मेला अवलोकनकालागि समेत शनिबारदेखि खुल्ला गरिने छ ।

प्रेस विज्ञप्ती: