ताजा अपडेट »

मिडियामैत्री बजेट ल्याउन प्रतिबद्ध छु : मन्त्री पाण्डेय

मंगलबार, १६ जेठ २०८०


बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा अनलाइन मिडिया सम्पादन अभिबृद्वि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अहिले बजेट शिलिङको काम भइरहेको मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । ' अहिले बजेटको सिलिङ गर्ने काम जारी छ । बजेटमा लुम्बिनी प्रदेशका अनलाइन मिडिया हाउस र पत्रकारहरुका माग सकेसम्म सबै समेट्ने छु ।'- उनले भने ।

सत्य तथ्य कुरा मिडियाले ल्याउन सके मिडियाप्रती जनताको बिश्वास बढ्दै जाने भएकाले विश्वसनीय अनलाइन मिडियाले विशेष ध्यान दिनु पर्ने बताए । कार्यक्रम नेपाल पत्रकार महासङ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले प्रदेश सरकारले समयमै कार्यविधि नबनाउदा यस वर्ष मिडियाको विनियोजन भएको २ करोड बढी बजेट फ्रीज हुने लागेको बताए । साथै उनले प्रदेशले अबको बजेटमा मिडियालाई विशेष प्राथमिकता दिएन र बजेट खर्चको कार्यविधी समयमै बनाउन आग्रह गरे । प्रशिक्षण कार्यक्रम १९ गतेसम्म संचालन हुने हुने छ ।