बुटवल । ९ बुँदे लुम्बिनी घोषणा पत्र सार्वजनिक गरि लुम्बिनी युवा सम्मेलन - २०८० सकिएको छ। लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा सञ्जालको आयोजना र प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न किशोरकिशोरी तथा युवाहरूको क्षेत्रमा कार्य गर्ने संघसस्थाहरुको सहकार्य र सहभागितामा विहिबारदेखी सुरु भएको थियो ।
सम्मेलनमा सहभागी भएका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा किशोरकिशोरी र युवाहरूको क्षेत्रमा कार्यरत १५० भन्दा बढी युवाहरु मुलुकले युवाहरुका लागि प्रतिबद्धता जारी गरेका र व्यवस्था गरेका प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्न आ-आफ्नो संस्था, सञ्जाल तथा क्लबहरु मार्फत शान्ति, विकास र समृद्धिका लागि युवा सहभागिता सुनिश्चित गरी यूवामैत्री शासन प्रवर्द्धनका लागि सरकारका सबै तह र सरोकारवालाहरुसँग सहकार्य, साझेदारी र योगदान गर्न प्रतिबद्ध रहेको घोषणा सम्मेलन गरेको लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष आरेफ फली खानले बताए ।
सम्मेलनले किशोरकिशोरी तथा युवाहरुको हक अधिकार सुनिश्चित गर्न हामी नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुसँग युवा शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघको सकल्प प्रस्ताव २२५० लाई सम्मान गर्दै यसलाई लागू गर्न, किशोरकिशोरी र युवाहरु लक्षित सबै प्रकारका हिंसाको अन्त्य गर्न र सशस्त्र द्वन्द्वबाट प्रभावित परिवार, घाइते युवाहरूलाई सम्मानजनक जीवन जिउने अधिकार सरक्षणका लागि माग गरेको छ । स्थानीय तहको योजना निर्माण प्रकृयामा किशोरकिशोरी तथा युवाहरुको अर्थपूर्ण सहभागिता गराई युवाहरुको अधिकार स्थानीय तहहरुबाट नै सुनिश्चितता शुरु गर्नका लागि माग गर्ने अध्यक्ष खानले बताए । लुम्बिनी सम्मेलनले जारी गरेको घोषणापत्र सहितको मागहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलगाएत स्थानीय तहका जनप्रतिनिधिलाई बुझाउने उनले बताए ।
सम्मेलन लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष पुनः आरेफ फली खानलाई चयन गरेको छ । जसको उपाध्यक्षमा पुर्णिामा भारती र गुन्जा थारु, सचीवमा सुजित मिश्रा, सहसचिवमा मिरा सामट, कोषाध्यक्षमा स्मृति चौधरी चयन भएका छन् । यस्तै सदस्यमा सुमित यादव, सुलोचना थारु, अनुराग पाण्डे, आशिषकुमार गुत्पा, रन्जन वरई, अर्चना आचार्य, दुर्गेश कुमार चौधरी र उषा सुनार र कार्यालय सचीवमाआकृति विश्वकर्मा चयन भएका छन् । साथै एक जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव सुजित मिश्राले बताए ।
प्रतिक्रिया