काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले दुवै संसद्ले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शितल निवास पठाउने निर्णय गरेको हो । यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जाँदा रोकेकी थिइन् । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयमा पनि छलफल भएको छ ।
प्रतिक्रिया