माघ २,
काठमाडौं । गायिका आस्था राउतले आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
बुधबार सिक्किम जाने क्रममा झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै फेसबुक लाइभ मार्फत् आक्रोश पोखेकी हुन् । महिला कर्मचारीले अभद्र व्यवहार गरेको बताउँदै उनले भनिन्, ‘महिलाले महिलाको सम्मान गर्दैन, कलाकारको सम्मान छैन ।
एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो / राम्रोसँग भन्न सकिँदैन ?’
प्रतिक्रिया