तिलोत्तमा । नवजीवन वचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–४ ले आफ्ना शेयर सदस्यहरुका लागि एक दिवसीय आधारभूत सहकारी शिक्षा विहिवार ड्राईभरटोलमा दिएको छ । उक्त शिक्षा कार्यक्रममा सामाजिक उद्यमी दलबहादुर गुरुङले नवजीवन सहकारीको संस्थागत परिचय, सहकारीका गतिविधिहरु, दिदै आएका सेवा, सुविधा र सहकारीका सिद्धान्तका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायण पाठक, संस्थापक अध्यक्ष श्याम न्यौपाने, शिक्षा उपसमितिका संयोजक गोविन्दप्रसाद भुसाल,सदस्यहरु तारा पाठक,बिनोद बस्यालले आफ्नो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारीको आर्थिक एवम् सामाजिक ऐना देखाउन चाहेको र वर्तमान समयमा सबै सहकारीहरुलाई एउटै डालोमा राखेर हेर्ने गलत दृष्टिकोणलाई चिर्नसमेत आवश्यक रहेको बताए । आफ्नो क्षेत्रको गतिशील एवम् प्रभावकारी संस्था नै नवजीवन सहकारी भएको हुँदा कसैका भ्रममा नपर्न समेत अनुरोध गरे ।
उक्त सहकारी शिक्षाबाट आफ्नो सहकारीको नीति, नियम, योजना तथा कार्यक्रमका बारेमा छर्लङ्ग बुझ्न पाएकोमा खुसी लागेको सहभागीहरुका तर्फबाट यमकला तिवारी,ढकाल र णप्रसाद पाठकले बताए । कार्यक्रममा एक सय ३१ जना शेयर सदस्यहरुको सार्थक सहभागिता रहेको थियो ।
प्रतिक्रिया