ताजा अपडेट »

सन् राइज बैंकद्वारा तिलोत्तमाको शंकरनगर खानेपानी तथा सरसफाई संस्थालाई ३ लाख सहयोग

विहीबार, ११ जेठ २०८०

बुटवल । सन् राइज बैंकले तिलोत्तमाको शंकरनगर खानेपानी तथा सरसफाई संस्थालाई ३ लाख रुपौँया सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत पार्क निर्माणसहित वाटर फाउन्टेन्सन बनाउनको लागि विहीबार सो रकम सहयोग गरेको हो ।

सन् राइज बैंकले समाजमा आवश्यक पर्ने विभिन्न स्रोत र साधनको मुल्याड्ढकन गर्दै विभिन्न शाखाबाट समाजमा टेवा पु¥याउर्दै आएको व्योहरा सन् राइज बैंकको तर्फबाट लुम्बिनी प्रदेश ५ प्रमुख सुनिल मण्डलले बताए । सयोग रकम हस्तान्तरण कार्यक्रम योगीकुटी शाखाका शाखा प्रबन्धक नविन थापाले संचालन गर्दै अगामी दिनमा पनि यस बैंक तथा शाखाबाट थप अरु श्रेत्रमा पनि सहयोग गरिने प्रतिवद्घता व्यक्त गरेका थिए । शंकरनगर खानेपानी तथा सरसफाई संस्था लि.बाट अध्यक्ष भविन्द्र भण्डारीबाट धन्यवाद मन्तवय सहित कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रममा योगीकुटी शाखा तथा संस्थाका सम्पुर्ण समिती पदाधिकारीहरुको उपस्थिती रहेका थियो ।

हाल बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।