बुटवल । मेघ गर्जन र हावाहुरी सहितको वर्षाले बुटवलको आकाश दिउँसै अध्यारो भएको छ । बुटवल तथा आसपासका क्षेत्रमा विहान वर्षा भएको हो । मौसम महाशाखाका अनुसार आज लुम्बिनीसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) भएको तथा हावाहुरी चलिरहेको महाशाखाले जनाएको छ । मौसम महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै दिउँसो तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति पनि तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। त्यसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। साथै देशका तराईका केही स्थानमा हावाहुरीको सम्भावनासमेत भएको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया