ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बुधबार, १० जेठ २०८०

काठमाडौं।  काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेल सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।