ताजा अपडेट »

लुम्बिनी र जनकपुर बिच बृक्षारोपणले गास्यो साईनो

मंगलबार, ०९ जेठ २०८०

लुम्बिनी विश्व शान्ति मंचको आयोजना, पन्त ग्लोबल कन्सल्ट्यान्सी को व्यवस्थापन तथा एतिहासिक दुधमति संरक्षण अभियान जनकपुरको विशेष पहलमा दुधमति नदी सरसफाई तथा बृक्षारोपण कार्यक्रम आज जनकपुरको वडा नं २२ मा सम्पन्न भएको छ । आजै जनकपुर को वडा नं २२ मा अवस्थित श्री माध्यमिक विद्यालयमा पनि बृक्षारोपण कार्य सम्पन्न भएको छ ।

अहिले देशको अर्थतन्त्र जटिल अवस्था रहेको मध्यनजर गर्दै यस वर्ष लुम्विनी विश्व शान्ति मंचले फलफुल को बृक्षारोपणमा बढी जोड दिने कुराको मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्त ले जानकारी दिए । दश लाख बृक्षारोपण तथा संरक्षण अभियान अन्तरगत उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको मंचका अध्यक्ष तथा संस्थापक बासु गौतम ले जानकारी दिए । एतिहासिक दुधमति संरक्षण अभियानका अध्यक्ष सुदिप मण्डल को सभापतित्वमा सम्पन्न दुधमति नदी सरसफाई तथा बृक्षारोपण कार्यक्रम को प्रमुख अतिथी मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयको सचिव जगन्नाथ प्रसाद जयसवाल रहेका थिए।

अध्यक्ष सुदिप मण्डलले आजको कार्यक्रमले जनकपुर र लुम्विनी बिच विशेष साईनो गासिएको बताए। प्रमुख अतिथी जगन्नाथ प्रसाद जयसवालले मंचको दश लाख बृक्षारोपणलाई मधेश प्रदेशको साथ र सहयोग रहने जानकारी गराए। कार्यक्रम र दश लाख बृक्षारोपण तथा संरक्षण अभियान बारे प्रकाश पार्दै लुम्विनी विश्व शान्ति मंचका अध्यक्ष तथा संस्थापक बासु गौतमले जलवायु परिवर्तनले गर्दा बृक्षारोपण नै उपयुक्त उपाए भएको र सन् २०३० सम्म आफ्नो संस्थाले स्थानिय निकाय र संस्थाहरुसंग मिलेर दश लाख बृक्षारोपण कार्य सम्पन्न गराई छाड्ने कुरामा जोड दिए । कार्यकममा एतिहासिक दुधमति संरक्षण अचियानको सचिव आनन्द शहनीले लुम्विनी विश्व शान्ति मंचसंग जोडिएर गरिएको आजको कार्यक्रमले नयाँ बाटो तय गरेको र मंचसंग सहकार्य निरन्तर अघि बढ्ने कुरा बताए ।

कार्यक्रममा मंचका उपाध्यक्ष सन्तोष कुवँर, महिला संयोजक तथा कार्यक्रम संयोजक प्रविना रावल पन्त, श्री माध्यमिक विधालय बसबिट्टी जनकपुरका प्रध्यानाध्यापक उमाकृष्ण लाल कर्ण, प्रसिद्व मिथिला कलाकार अजित कुमार शाह, धनुषा जिल्ला वन कार्यालयका अधिकृत सुरेश शर्मा, जनकपुर उपमहानगर पालिका वडा नं २२ का सचिव जैसीलाल मण्डल, शिक्षाविद अशोक शाह, अभियन्ताहरु निशान्त सिंह, गंगा शहनी, अर्पणा पोखरेल, सरोज भण्डारी, अनामिका अर्याल, नविल बैंक लिमिटेड जनकपुर शाखाका शाखा प्रमुख राम लामिछाने, मुक्तिनाथ विकास बैंकका मधेश प्रदेश प्रमुख प्रभाष झा लगायत थुप्रै व्यक्तिहरुको सहभागिता रहेको थियो।

बृक्षारोपण तथा सरसफाई कार्यक्रमलाई सफल बनाउन नविल बैंक लिमिटेडले दुधमति नदी मा सरसफाई तथा श्री माध्यमिक विद्यालयमा बृक्षारोपण कार्यकमको प्रायोजन गरेको थियो भने मुक्तिनाथ विकास बैंकले वृक्ष रक्षक ट्रि गार्ड तथा वृक्ष प्रायोजन गरेको थियो। लुम्विनी विश्व शान्ति मंचको अबको बृक्षारोपण कार्यक्रम यहि सुक्रवार दांङ मा र शनिबार नेपालगंजमा रहेको कुरा मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिए। साथै पन्त भन्छन् ‘जुन ५ मा विश्व पर्यावरण दिवसको उपलक्ष्यमा काठमाण्डौं को चन्द्रागिरीमा बृहत् बृक्षारोपण कार्यक्रम रहेको जानकारी गराए। साथै मंच ले असाढ १२ गते सिद्वार्थनगर रुपन्देही मा पनि बृक्षारोपण गर्ने जानकारी गरायो।’