ताजा अपडेट »

संघीय संसदको नियमावली मस्यौदा समितिले थाल्यो काम

सोमबार, ०८ जेठ २०८०

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिले काम सुरु गरेको छ ।मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गरेका छन् । 

उनीहरुले छिटोभन्दा छिटो आफ्नो काम सम्पन्न गर्न समितिलाई निर्देशन दिएका छन् ।