ताजा अपडेट »

चोरीमा संलग्न रहेको आराेपमा दुईजना पक्राउ

सोमबार, ०८ जेठ २०८०

काठमाडौं । भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । 

गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।