बुटवल । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले गौतमवुद्ध विमानस्थल सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा बोल्दै नेता भट्टराईले रुपन्देहीको गौतमबुद्ध विमानस्थल र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उल्लेख गरे ।
गौतमबुद्ध विमास्थल तथा पोखरा विमानस्थल जस्ता ठूला आयोजनामा लगानी गर्नुलाई संसदमाथि प्रश्न उठेकोप्रति आक्रोश व्यक्त गर्दै भट्टराईले त्यसको औचित्य बारे व्याख्या गरेका हुन् । ‘गौतमबुद्ध विमानस्थल बनाउनु गल्ती थिएन, पोखरा विमानस्थल बनाउनु गल्ती थिए, कमजोरी कहाँ हो भने त्यसलाई व्यवसायीक ढँगले प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु यो सरकारको असफलता हो ।’–भट्टराईले भने, ‘भारत सरकारसँग हवाई सम्झौता अनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कुटनैतिक ल्याकत नराख्नु गौतमबुद्ध विमानस्थलको दोष होइन । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको कमजोरी होइन ।’ नेता भट्टराईले पूर्व पश्चि मध्यपहाडी लोकमार्ग, नौमुरे सुरुङ मार्ग लगायतका योजनाहरु जनतासँग प्रत्येक्ष जोडिएका योजना भएको उल्लेख गरे ।
प्रतिक्रिया