ताजा अपडेट »

कृषिका समस्या समाधानबिना विकास असम्भव: मन्त्री भुषाल

बुधबार, ०१ माघ २०७६

माघ १,

ग्लोबल आवाज

बुटवल । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषिको समस्या नसुल्झि देशको विकास सम्भव नहुने बताएका छन् । कृषि जटिल विषय भएको बताउँदै मन्त्री भुषालले कृषिको समस्या नसुिल्झएसम्म मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताए ।

रुपन्देहीको सियारी गाउँपालिका– ७, अमुवामा सुरु भएको रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव–२०७६ को शुभारम्भ गर्दै कृषि मन्त्री भुषालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने दाबी गरे । मुलुकको कृषि प्रणाली परम्परागत रहेको बताँउदै यसलाई नतोडेसम्म कृषि क्रान्ति सम्भव नरहेको बताए । उनले भने, ‘हामी अझै परम्परागत र निर्वाहमूखी कृषिप्रणालीमा छौं, यसलाई तोडेर व्यवसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन।’

भुषालले मुलुकको अवस्थाअनुसार कृषि क्षेत्रको परिवर्तन गर्न कानून संशोधन गर्ने जिकिर गर्ने जिकिर गर्दै कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको दाबी गरे । विकास सजिलो कुरा नभएको तर,सम्भव रहेको भन्दै भुुषालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने योजना रहेको बताए । मन्त्री भुषालले आर्थिक रुपमा क्रान्ती गर्न बाँकी रहेको भन्दै अबको अभियान नै आर्थिक विकासको अभियान भएको भनाई राखे ।

रुपन्देहीका चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा मत्स्य सम्बन्धि ३६ वटा स्टल राखिएका छन् ।