ताजा अपडेट »

बुटवलमा भोलीदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बुधबार, ०१ माघ २०७६

माघ १,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०७६ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिहिबार रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।

एन्फा टेक्निकल सेन्टरमा माघ २ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए । उमेर समूहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा प्रतियोगिता भएको उनले बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने उनको भनाइ छ । नगरभित्रका सामुदायिक र निजी गरी २४ वटा विद्यालयका करिब ६ सय खेलाडीहरुको सहभागिता हुने उनको भनाइ छ ।

प्रतियोगिता सञ्चालन गर्न संघीय र स्थानीय सरकारबाट अनुदान बापत १ र १ लाख रुपैयाँ बजेट रहेको समितिका सदस्य सचिव कोपिला ज्ञवालीले बताइन् । समितिका अध्यक्ष काउचाले नगरमा खुल्ला ब्यायामशालाको अवधारणा ल्याएको समेत जानकारी दिए । सहभागी सबै विद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।